काठमाण्डौ । आफ्नी आमालाई सहयोग गर्न मेट बेरीले एक यस्तो कम्पनी बनाए, जसको मूल्य अहिले ३० करोड डलरभन्दा बढी भएको छ । 

यो पोर्टलको नाम हो ‘फ्रिलान्सर’ । यो पोर्टलमा जोडिएका मानिसले तरह–तरहका फ्रिलान्सर काम गरेर कुस्त कमाइरहेका छन् । यो साइटमा कामका लागि आवश्यक जनशक्ति खोज्ने सुविधा समेत उपलब्ध छ । 

यो पोर्टल ८ वर्षअघि अस्ट्रेलियाको सिड्नीमा सुरु गरिएको थियो । हाल यो पोर्टलसँग सवा दुुई करोड मानिस जोडिइसकेका छन् । 

यो पोर्टलमा मोवाइल एप्स बनाउनेदेखि लिएर ट्याटू बनाउने, विज्ञापनको काममा सहयोग गर्नेसम्मको काम खोज्न सकिन्छ । यही पोर्टलमा आफ्नो काम तथा क्षमता देखाएर कुस्त कमाउन सकिन्छ । 

अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि सन् २०१५ मा यही पोर्टलको मद्धत लिएको थियो र आफ्नो अन्तर्राष्ट्रिय स्टेशनको टुलको डिजाइन तथा रोबोटको डिजाइनका लागि यही पोर्टलमा फ्रिलान्सर खोज्ने काम गरेको थियो । 

बेरीले सन् २००६ मा आफ्नो स्टार्टअप टसेन्सरी नेटवर्थ छाडिदिएका थिए । उनकी आमाले हस्तकलाको सामानहरुको थोक बिक्री गर्थिन । बेरीले आफ्नी आमाका लागि एक वेबसाइट बनाए । यो वेबसाइटमार्फत बेरीले ती दोकानहरुलाई जोड्न चाहन्थे, जो हस्तकलाका सामान बिक्री गर्थे । यसैका लागि उनी बेसाइट बनाउन चाहन्थे । यो कामका लागि उनले केही मानिस समेत खोजिरहेका थिए, तर कोही पाएनन् । 

केही व्यक्तिले उनलाई मेल गरेर वेबसाइट बनाउन तयार रहेको बताए पनि शुल्क चाहि ४ सयदेखि १५ सय डलरसम्म मागेका थिए । अन्तमा भारतका एक व्यक्तिले बेरीलाई मात्र ७५ डलर लिएर तीन दिनमै वेबसाइट बनाइदिए । 

त्यसपछि बेरीले केही फ्रिलान्सरहरुलाई राखे र कम्पनीको काम सुरु गरे ।

यसपछि नै फ्रीलान्सर क्लाउडले अमेजनलाई सेवा दिन थाल्यो । हालसम्म बेरीको कम्पनीमा  ५ सय ७० कर्मचारी कार्यरत छन् र यसलाई टक्कर दिन १८ वटा नयाँ कम्पनी पनि बजारमा आएका छन् । 

बेरीको भनाईमा उनको कम्पनीले विकासशील देशमा कयौं मानिसको जीवन परिवर्तन गरिदिएको छ । 

उनले भने–‘तपाई यस्तो ठाउँमा पनि हुनसक्नुहुन्छ, जहाँ दिनभरि काम गर्दा समेत डेढ डलर मात्र पारिश्रमिक हुन्छ । यस्तो ठाउँमा फ्रिलान्सरसँग जोडिएर तपाई १५० डलरसम्म पनि कमाउन सक्नुुहुन्छ । यसरी तपाईले यहाँबाट महिनाभरिको कमाई केही दिनमै जम्मा गर्न सक्नुुहुन्छ ।’ 

बीबीसीका अनुसार फ्रिलान्सरको लोकप्रियतालाई देखेर कतिपय ठूला कम्पनीले यसलाई खरीद गर्ने प्रस्ताव समेत गर्छन्, तर बेरी यो बिषयमा सोच्न समेत सक्दैनन् ।