एजेन्सी । अत्याधुनिक ग्याजेट्सहरु फोल्डिंग गर्न मिल्ने भन्नु त सामान्य कुरा नै भयो । तर तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि तपाईं बस्ने घरलाई पनि फोल्ड गर्न सकियोस् र बेला बेला भनेको आकार पनि दिन सकियोस् ? सायद कल्पना पनि नगरिएको यही काम संभव हुने भएको छ । तपाइंँलाई चाँडै नै यस्तो घरको विकल्प मिल्ने भएको छ, जसको आकार वा डिजाइनलाई बदल्न तपाईंले अहिलेका घरलाई जस्तो पूरै भत्काएर नयाँ बनाइरहनुपर्दैन । तपाईले आफ्नो सुविधा र आवश्यकताको आधारमा अब घरको रुप तथा आकार सहजै परिवर्तन सक्नुहुनेछ । कारण, यो घर अब फोल्ड पनि हुनेछ र एउटा ठूलो ब्यागभित्र घरलाई राख्न समेत सकिनेछ । 
 

हार्वर्ड विश्वविद्यालयका खोजकर्ताले फोल्ड गर्न मिल्ने घर बनाउनका लागि हालै विशेष किसिमको सामाग्री तयार गरेका छन् । 
 

कसरी बन्ला फोल्डवाला घर ?


हार्वर्ड विश्वविद्यालयका खोजकर्ताहरुको टिमले फोल्ड हुनसक्ने आधुनिक घर बनाउनका लागि थ्री डाइमेन्सनल प्रोटोटाइप तयार गरेको छ । घरको आकार तथा प्रारुप सजिलै परिवर्तन गर्न सकियोस् भनेर घरको पर्खाल निकै पातलो बनाइएको छ । घर निर्माणमा प्रयोग हुने कच्चा पदार्थ समेत यस्तो छनौट गरिएको छ, जसको प्रयोगबाट बन्ने घरलाई सजिलैसँग आकार, रुप परिवर्तन गर्न सकियोस् । यस्तो पदार्थको प्रयोगले घरको आकार र डिजाइन परिवर्तन गर्न मद्धत हुनेछ । 

 

फोल्डेवल घरको संरचना स्नेपोलोजी नामक टेक्निकबाट प्रेरित हुनेछ । अर्थात, यो घरलाई ओरिगेमी(कागजलाई मोडेर विभिन्न वस्तु बनाउने एकखालको जापानी कला)बाट समेत बदल्न सकिन्छ । घरको आकार तथा रुप सहजै परिवर्तन होस् भनेर डिजाइनरले ६४ क्यूबको प्रयोग गरेका छन् । यही क्यूबले नै घरलाई अलग अलग आकार दिन तथा फोल्ड गर्न मद्धत गर्नेछ । यसका साथै २४ प्यासेज, ३६ किनारामा एक्सटूडेड क्यूबको प्रयोग गरिएको छ । यो प्रविधिले घरलाई चाहेको स्वरुप र आकारमा परिवर्तन गर्न सहयोग गर्नेछ । 

घरलाई तोडफोड नगरी नै आकार र स्वरुप परिवर्तन होस् भन्ने उद्देश्यले विशेष किसिमको सामाग्री प्रयोग गरिएको छ । यो सामाग्रीको अनौठो विशेषता भनेकै घरको आकार, स्वरुप र आयातनलाई घरको भित्र र बाहिरबाट बदल्नसक्ने बनाइदिन्छ । यस्तो घरमा लगाइने सामाग्रीलाई थर्मल, पानी र एक्यूरेटरसँग जोड्न सकिन्छ । हार्वर्डका खोजकर्ताहरुले यो घरको सोकेसलाई सैद्धान्तिक र प्रयोगात्मक रुपले बनाएका छन् । 

खोजकर्ताहरुले बनाएका फोल्डेवेल घरको मूल्य कति पर्छ, यसको बिषयमा हालसम्म केही बताइएको छैन । यसभन्दाअघि पनि विश्वका विभिन्न कम्पनीहरुले फोल्डेवल घरका विभिन्न विकल्पहरु दिने गरेका थिए, तर तिनको मूल्य निकै अधिक भएका कारण ती चर्चित भएनन् । हार्वर्डका खोजकर्तालले तयार गरेका नयाँ खालका फोल्डेवल घरको मूल्य समेत अधिक महंगो नहुने अपेक्षा गरिएको छ । 

अर्को रमाइलो कुरा, कागजजस्तै पट्याउन मिल्ने घर बनाउनका लागि केही महिना होइन, केही दिन नै काफी हुनेछ । यस्तो घर बनाउनका लागि जनशक्ति पनि न्यून मात्र लाग्ने बताइएको छ । समय र जनशक्ति नै न्यून खर्च भएपछि यसको मूल्य समेत अधिक नहुने बताइएको छ । घर फोल्डेवल हुने भएका कारण थोरै जमीनमा समेत बनाउन सकिनेछ, यसले शहरी क्षेत्रमा घर बनाउनकै लागि अधिक रकम खर्च गर्नुपर्ने बाध्यता समेत हट्नेछ । अझ रमाइलो कुरा, यो घरलाई फोल्ड गरेर ब्यागमा समेत राख्न सकिन्छ । असंगठित क्षेत्रमा काम गर्ने कामदार परिवारका लागि यो घर वरदान नै साबित हुने विश्लेषकहरुले दाबी गरेका छन् । यस्ता कामदारले आफ्नो काम र ठाउँ अनुसार यो घरलाई सारी सारी प्रयोग गर्न सक्नेछन् । त्यति मात्र होइन, कुनै किसिमको प्राकृतिक विपति आएको बेला यस्तो खालको घरले बेसाहारा मानिसलाई छहारी दिन निकै ठूलो मद्धत गर्नेछ ।