काठमाण्डौ । यो समयमा फेसबुक नचलाउने को होला र ? हिजोआज फेसबुकलाई आफ्ना गतिविधि पोस्ट गर्न, आफन्त तथा साथीभाईसँग च्याट गर्न, भिडियो अपलोड गर्न प्रयोग गरिन्छ । युवाहरुलाई समय बिताउनका लागि यो निकै राम्रो प्लेटफर्म पनि बनेको छ । तर फेसबुकका गुणहरु यतिमा मात्र सीमित छैनन्, यदि तपाईं चाहनुहुन्छ भने फेसबुकबाट आम्दानी पनि गर्न सक्नुहुन्छ । फेसबुकले एउटा यस्तो अप्सन पनि दिएको छ, जसलाई प्रयोग गरेर तपाई आफ्नो बिजिनेशको मार्केटिङ गर्न सक्नुहुन्छ । आउनुहोस् जानौं फेसबुकको मद्धतले कसरी कमाई गर्न सकिन्छ भन्ने कुरा । 

यसरी कमाउनुहोस् फेसबुकबाट पैसा
फेसबुकको ‘एड्भान्स यूजर्स’ फिचरको मद्धतबाट पैसा कमाउन सकिन्छ । यसका लागि फेसबुकमा तपाईंले आफ्नो पेज बनाउनुपर्ने हुन्छ । तपाईले आफ्नो पेजलाई प्रत्येक दिन अपडेट राख्न जरुरी हुन्छ । निरन्तर पेजलाई अपडेट गरिराख्नुभयो भने तपाईंको पेजको पोस्ट रिच बढ्दै जान्छ । रिच बढ्दै गएपछि फेसबुक आफैंले तपाईंको पेजलाई स्क्यान गर्छ । यसपछि तपाईंलाई आफ्नो पेजमा विज्ञापन प्राप्त हुन थाल्छ । जसको माध्यमबाट तपाईं कुस्त पैसा कमाउन सक्नुहुन्छ । तर यसका लागि फेसबुकमा तपाईंले एक आवेदन दिनुपर्ने हुन्छ, सो आवेदन फेसबुकले अप्रूभ गरेपछि तपाईंको कमाई सुरु हुन थाल्छ । तपाईंको फेसबुकबाट कति पैसा कमाउन सक्नुहुन्छ भन्ने कुरा तपाईंको फेसबुक पेजको प्रयोग र त्यसमा हुने पोस्ट रिचको आधारले तय हुन्छ । 

फेसबुकमा विजिनेश र एड्भान्स यूजर फिचर सम्बन्धी जानकारीका लागि यो यूआरएल क्लिक गर्नुहोस् : https:/www.facebook.com/security

कसरी गर्ने रजिस्टर ?
यसका लागि तपाईंले फेसबुकको एड्भान्स यूजर(प्रयोगकर्ता) बन्नुपर्ने हुन्छ । तपाई जब फेसबुकको एड्भान्स यूजर बन्नुहुन्छ, तब तपाईलाई एउटा नोटिफिकेशन आउँछ र त्यहाँ भनिएको हुन्छ कि तपाईं फेसबुकको ‘एड्भान्स यूजर’ बन्नुभयो । 

एड्भान्स यूजर बनेपछि तपाईंले एक फर्म भर्नुपर्ने हुन्छ । जसमा आफ्नो बैंक सम्बन्धी जानकारी, जस्तो बैंक अकाउण्ट नम्बर तथा अन्य आवश्यक जानकारी भर्नुपर्ने हुन्छ । 

फर्म भरेपछि ४८ घण्टाभित्र तपाईंको अकाउण्ट एक्टिभेट हुन्छ । एड्भान्स यूजर बन्नका लागि अनलाइन टेस्ट भएपछि नोटिफिकेशनको माध्यमबाट फेसबुकले तपाईंलाई सम्पर्क गर्नेछ । यसपछि फेसबुकले तपाईंको हरेक गतिविधिमा कडा नजर राख्न थाल्छ । 

भिडियो सेयरिङबाट पनि हुन्छ कमाई
तपाईंले एड्भान्स यूजरको अप्रूभल पाएपछि आफ्नो टाइमलाइन वा फेसबुक पेजमा कुनै भिडियो अपलोड गर्नुभयो भने त्यसबाट समेत तपाईंले पैसा कमाउन सक्नुहुनेछ । जुन भिडियो तपाईं अपलोड गर्नुहुन्छ, फेसबुकले त्यसमा एड् चलाउँछ र त्यसबाट हुने आम्दानीको केही हिस्सा तपाईंलाई पनि पठाइदिन्छ । तर, त्यस्तो भिडियो ओरिजिनल हुन आवश्यक हुन्छ र त्यसमा कसैको कपीराइट हुनुहुन्न । 

साना कारोबारीका लागि नयाँ अप्सन
फेसबुकले साना कारोबारीका लागि बनाइएको पेजलाई पूर्ण रुपमा परिवर्तन गरेर त्यसमा नयाँ ‘कल टु एक्सन’ बटन थप गरिदिएको छ । 

यसबाट कारोबारीले आफ्ना संभावित कस्टमर्सलाई आफ्नो पेजसँग जोडिन र आफ्ना प्रोडक्ट हेर्नका लागि प्रोत्साहित गर्न सक्नेछन् । 
कस्टमर्स विजिनेश पेजमा रहेको सामाग्री देखेपछि सम्बन्धित कम्पनीलाई सम्पर्क गर्न सक्नेछन् । यसबाट सबै कारोबारीको मेसेजिङ टूललाई प्रयोग गर्न समेत सहज हुनेछ । 

फेसबुकले हालै भनेको छ कि कारोबारी आफ्नो पेजलाई एक विकल्पको रुपमा देखून् र यसलाई आफ्नो वेबसाइटको रुपमा डिजाइन वा विकास गरुन् । 

फोन गर्ने झञ्झट अन्त
फेसबुक टिमले रिसर्चको क्रममा यो पाएको छ कि धेरै फोन वा कल मानिसलाई मन पर्न छाडेको छ । मानिसहरु अब फोन वा कल भन्दा टेक्स्ट म्यासेजको मद्धतबाट सवाल–जवाफ गर्न मन पराउन थालेका छन् । मेसेज टूलमा क्लिक टु म्यासेजमा यस्तो अप्सन दिइएको छ । ग्राहकले म्यासेजबाटै कम्पनीलाई सम्पर्क गर्न सक्छ र आफूलाई चाहिएको वस्तु तथा सेवाका रिजर्वेसन समेत गराउनसक्छ । तर क्लिक टू म्यासेज फर्मेट अहिले पूर्ण रुपमा पेश गरिसकिएको छैन, यसलाई पनि परीक्षण कालमै राखिएको छ ।