काठमाण्र्डा । नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा बिस्तार गरेको छ । 

मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गतेदेखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामासेवाको पहुँच पुगेको हो ।

नेपाल टेलिकमले २०६९ चैत्र १४ गतेदेखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलबाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।

वाइम्याक्स सेवामा टेलिकमले उपलब्ध गराएको प्याकेज अनुसार महसुल दर यसप्रकार छ :

समयावधि  Volume ( GB) महशुल दर (रु.)
१ महिना  ६५०।–
३ महिना  १५ १,५००।–
६ महिना  ३० ३,३००।–
१२ महिना  ६० ५,३००।–
१२ महिना  १२० ८,०००।–
१२ महिना २०२  १२,७५०।–
१२ महिना ३३६ २०,४००।–


वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्पmत इन्टरनेट चलाउनका लागि कस्टमर प्रेमिसस इक्वीपमेन्ट(सीपीई) खरीद गर्नुपर्छ । । यो उपकरण आउटडोर, इन्डोर र यूएसबी डंगल गरी तीन किसिमको हुन्छ ।

आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर,   इन्डोर डिभाइसले ५ किलोमिटर र यूएसपी डंगलले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।