न्यूयोर्क। अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए ।

आइतबार मात्र उनको शव फेला परेको थियो ।

लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए । यो खबर आजको कान्तिपुरले छापेको छ ।