काठमाण्डौ । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनका लागि दुवै उम्मेद्वारको आधिकारिक घोषणा भइसकेको छ । रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन चुनावी मैदानमा उत्रिइसकेका छन् । प्रतिस्पर्धा सुरु भएपछि दुवै उम्मेदवारहरुको एक एक कुराबीच तुलनाहरु हुन थालेका छन् । यसमा राजनीतिक पहुँच तथा योगदानदेखि लिएर यी उम्मेद्वारहरुको सम्पत्तिबीच समेत तुलना हुन थालेको छ । राजनीतिक भूमिका वा करिअरको हिसाबको कुरा गर्दा हिलारी डोनाल्ड ट्रम्प भन्दा धेरै माथि छिन्, तर सम्पत्तिको मामलामा ट्रम्प हिलारी भन्दा १ सय गुणा अगाडि छन् । ट्रम्प ४ सय करोड डलरका मालिक हुन् भने हिलारीसँग जम्मा जम्मी ४.५ करोड डलर मात्र सम्पत्ति छ । 

कमाईको स्रोत
हिलारी : राजनीतिक तलब, लेखन र भाषण, वकालतबाट पनि कमाई
ट्रम्प : ट्रम्प अर्गनाइजेशन, रियल्टी विजिनेश, किताबको रोयल्टी

पृष्ठभूमि
हिलारी : बिल क्लिन्टनकी पत्नी, ओबामालाई टक्कर दिने व्यक्ति, पूर्व विदेशमन्त्रीको रुपमा ख्याति
ट्रम्प : टिभी पर्सनालिटी, धेरै विवादमा मुछिए पनि अडिग, टिभीमा तर्कशील व्यक्तिको पहिचान 

ट्रम्पको व्यापार साम्राज्य
१ सय कम्पनी सामेल ट्रम्प अर्गनाइजेसनको साम्राज्यका मालिक हुन ट्रम्प । उनको कम्पनीले सबैभन्दा अग्लो आवासीय ट्रम्प टावरको निर्माण गरेको छ । यो महलमा ९० तला रहेको छ । मनोरञ्जनको क्षेत्रबाट समेत उनले करोडौ रुपैयाँ कमाएका छन् । 

हिलारीको राजनीतिक यात्रा
२००१ मा सिनेटर बनिन् । सन् २००८ मा ओबामाको उम्मेद्वारीलाई टक्कर दिइन् । २००९ मा अमेरिकी विदेशी मन्त्री बनिन् । सन् २०१६ मा राष्ट्रपति पदको उम्मेद्वार बन्न सफल भइन् । 

बिजशाला /एजेन्सी

ट्रम्पको राजसी ठाटको घरको तस्विर हेर्न तल डबल क्लिन गर्नुहोस् ।