काठमाण्डौ । म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ। 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न चार अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएकोमा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् लैजाने तयारी गरेका हुन् ।

गृहस्रोतका अनुसार सत्ता गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका निधिको प्रस्ताव मन्त्रिपरिषद् पुगे नरोकिने विश्वासमा निधि छन् ।

वैशाख ३१मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्ट्रिले चुनौतीपूर्ण रहको भन्दै गृहले दुई साताअघि ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र करिब एक हजार पाँच सय नयाँ सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।यो समाचार आजको नागरिकमा छापिएको छ ।