काठमाण्डौ । अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत(३ बराबर २.०८) हकप्रद वितरणको घोषणा गरेको छ। 

पुुस ३ गते बसेको बैंक संचालक समितिको १२० औं बैठकले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो ।

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हालै, अल्पाइन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट १४.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव राष्टबैंकबाट पारित भएको छ । पारित बोनस सेयर हकप्रदपछि दिइने बताइएको छ। 

अघिल्लो आर्थिक वर्षमा चाहि यो बैंकले २३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ५४ लाख ५६ हजार खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी २१ करोड ९७ लाख रुपैयाँ छ । १४.५ प्रतिशत बोनस र ६९.३३ प्रतिशत हकप्रद वितरणपछि चुुक्तापूँजी ४२ करोड ६० लाख पुुग्नेछ ।