काठमाण्डौ । अशोक लेलैण्ड बहुप्रतिष्ठित डेमिङ्ग अवार्ड, २०१६ बाट सम्मानित भएको छ । 

जापान बाहिरको कमर्शियल भेहिकल निर्माताहरुमा सो अवार्ड पाउने विश्वकै पहिलो कम्पनी बन्न सफल भएको हो ।

सन् १९५१ मा स्थापना भएको डेमिङ्ग प्राइज “टोटल क्वालिटि म्यानेज्मेन्ट”को क्षेत्रमा प्रदान हुने बहुचर्चित अवार्डमध्ये एक हो । यस अवार्डअन्तर्गत विश्वभरका “टोटल क्वालिटी म्यानेज्मेन्ट” क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्य गर्ने कम्पनीहरुलाई कडा प्रक्रिया अवलम्बन गरी छनौट गरिन्छ । 

अशोक लेलैण्डले हालसम्म जितेका कयौं अवार्डहरुमाझ अन्तर्राष्ट्रिय स्तरको सम्मान पनि थपिएकोमा आफूहरु उत्साहित भएको अशोक लेलैण्डले जनाएको छ । यो अवार्डले कम्पनीका ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा तथा उच्चगुणस्तरीय अनुभवहरु प्रदान गर्ने प्रतिबद्धतालाई अभैm प्रमाणित गरेको तथा कम्पनीलाई पनि ग्राहकहरुका हितमा झनै प्रतिबद्ध रही उच्चस्तरीय सेवा प्रदान गर्ने हौसला प्रदान गरेको बताइएको छ ।