काठमाण्डौ । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीले आकर्षक उपहार पाउने भएका छन् । 

यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार (५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गर्नेछन् भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्ने बताइएको छ । 

जापानबाट क्योदाई–आईएमईमार्फत पैसा पठाउने सवै सेवाग्राहीहरु सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना यहीं अप्रिल १ देखि ३० सम्म कायम हुने आइएमईले जनाएको छ । 

योजना अवधिभरमा जापानबाट क्योदाईमार्फत आईएमई गर्ने सेवाग्राहीमध्येबाट कारोबार नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषित गरिनेछ । दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साँझ र साप्ताहिक विजेताका लागि सप्तान्तमा घोषणा गरिनेछ । यसको जानकारी विभिन्न संचारकामाध्यम वा अफिसका आधिकारिक सामाजिक सञ्जाल पेज मार्फत गराइने बताइएको छ । 

यस योजनाको विस्तृत जानकारीका लागि क्योदाई–आईएमई को आधिकारिक वेब साइट, सामाजिक संजाल पेज र काठमाडौं पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयको शोधपुछ शाखामा सम्पर्क गर्न सकिने बताइएको छ । यी दुवै कम्पनीसँग आवद्ध कर्मचारीहरु, एजेण्ट, सव–एजेण्ट, परिवारका सदस्यहरु वा निजका नातेदार यो प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन पाउने छैनन् । 

आइएमईले सेवा शुभारम्भको १६ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।