काठमाण्डौ । नेपालको अग्रणी रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा आएको कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्म लागू हुनेछ ।

योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित  बोनस अङ्क  प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको  उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा  प्राप्त गर्न सकिनेछ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क बापत प्राप्त गर्न सकिने उपहारहरू हुने बताइएको छ । 

नेपालमा रेमिटेन्स व्यवसाय संस्थागत गरेको मुख्य श्रेय आईएमईलाई जान्छ । पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ । 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुुर्याउने उद्देश्य बोकेको यो कम्पनीले ७५ जिल्लाका ५,५०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।