काठमाण्डौ । इन्टरनेशनल मनिटरी फण्ड(आइएमएफ) प्रमुख क्रिस्टिना लेगार्डोलाई फ्रान्सको एक अदालतले आर्थिक हिनामिनामा दोषी ठहर गरेको छ। तर तत्कालका लागि उनले जेल चाहि जान नपर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

फ्रान्समा लेगार्डोविरुद्ध आर्थिक अनियमितताको आरोपमा मुुद्धा चलिरहेको थियो । लेगार्डमाथि लागेको यो आरोप त्यो समयको हो, जुनबेला उनी फ्रान्सको अर्थमन्त्री थिइन् ।

लेगार्डमाथि अर्थमन्त्री भएको समयमा त्यहाँका एक ठूला व्यापारी बर्नार्द तेपीलाई सन् २००७ मा गलत तरिकाबाट सरकारी फण्ड भुक्तानी गरेको आरोप लागेको थियो । आरोप अनुसार लेगार्डोले ती व्यापारीलाई करिब ४८ अर्ब रुपैयाँ बराबरको भुक्तानी गरेकी थिइन् । सन् २००७ देखि २०११ सम्म लेगार्डो फाइनान्सको अर्थमन्त्री थिइन । 

क्रिस्टिना फ्रान्सको अर्थमन्त्री भएको बेला उनलाई विश्वकै शक्तिशाली महिलाको सूचिमा समेत राखिएको थियो । 

अदालतको यो फैसलासँगै आइएमएफ जस्तो प्रतिष्ठित संस्थाको साखमाथि नै धक्का लागेको टिप्पणीहरु बाहिर आएका छन् । कारण आइएमएफका मुख्य तीन पदाधिकारीमध्ये क्रिस्टिना पनि एक हुन् । तर आइएमएफका प्रबन्ध निर्देशकले अहिलेसम्म लेगार्डोको पक्षमा आफ्नो अभिव्यक्ति दिइरहेका छन् । तर आइएमएफका प्रवक्ताले अदालतको फैसलापछि भनेका छन् कि बोर्डको बैठक चाँडै बस्नेछ र उपयुक्त निर्णय लिनेछ ।