काठमाण्डौ । ठ्याक्कै आइफोनजस्तै देखिने पेस्तोलका कारण यूरोपको प्रहरी हैरानीमा परेको खबर छ । 

समाचार एजेन्सी पिटीआईका अनुसार एकपटक अमेरिकामा यो आइफोनजस्तै देखिने पेस्तोलको बिक्री सुरु भएलगत्तै यसले यूरोपको देशहरुमा कब्जा जमाउनेछ र यसका कारण सुरक्षा जोखिम समेत बढ्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार आइफोनजस्तै देखिने पेस्तोलको साइज ९ मिलिमिटर रहेको छ । जसका कारण यसलाई सजिलो तरिकाले जसले पनि  र जहाँ पनि लुकाउन सक्छ । आइफोनजस्तै देखिने यो बन्दूक एक बटनलाई दबाउनेबित्तिकै हतियारमा परिणत हुने सिस्टमले सुुसज्जित छ । 

इवनिंग स्टेण्डर्ड नामको पत्रिकामा छापिएको खबर अनुसार यो पेस्तोल अमेरिकामा लञ्च भएलगत्तै तस्करीको बाटो हुँदै यूरोपभरि फैलिने डर रहेको अधिकारीहरुले बताएका छन् । यो पेस्तोलको मूल्य नेपाली करिब ५५ हजार रुपैयाँ पर्नेछ, जुन आइफोनको मूल्य भन्दा सस्तो हो । 

खबरमा भनिएको छ कि आफ्नो देशमा यसअघि भएको आतंकवादी हमलाबाट चिन्तित बेल्जियमलाई यो खबरले सबैभन्दा बढी चिन्तित बनाएको छ र उसले आफ्ना सबै युनिटहरुलाई आइफोन बोक्नेहरुप्रति निगरानी गर्न आग्रह गरेको छ । 

पेस्तोल बनाउने कम्पनीका अनुसार स्मार्टफोन हर स्थानमा उपलब्ध हुन्छ, यसकारण तपाईको पेस्तोल पनि सहज ढंगले स्मार्टफोनजस्तै देखिइनेछ । जब यो लक हुन्छ, त्यसपछि यसलाई डिटेक्ट गर्न पनि मुश्किल पर्नेछ । यो पेस्तोलको बिक्री अमेरिकामा आगामी साताबाट सुरु हुने बताइएकोछ ।