काठमाण्डौ । गुुगलले आफ्नो पिक्सेल स्मार्टफोनको आगामी भर्जन जारी अंग्रेजी वर्षको अन्तसम्ममा लञ्च गर्ने भएको छ । कम्पनीका वरिष्ठ उपाध्यक्ष रिक आस्टर्लोले हालै एक कार्यक्रमको दौरान यो कुरा बताएका मिडिया रिपोर्टमा उल्लेख छ । गुुगल पिक्सेल टू स्मार्टफोन प्रिमियम सेग्मेन्टमै लञ्च हुने बताइएको छ । 

केही मिडियाकर्मीसँगको कुराकानीमा आस्टर्लोले गुुगल पिक्सेल तथा पिक्सेल एक्सएलको अर्को जेनेरेसनको स्मार्टफोन यही वर्षभित्र लञ्च हुने बताएका हुुन् । 

उनले भनेका छन्–‘यो उद्योगमा हरेक वर्ष नयाँ भर्जनको स्मार्टफोन लञ्च गर्ने परम्परा छ, हामी पनि यसलाई पछ्याउँछौ ।’ उनले कुराकानीको क्रममा नयाँ भर्जन सार्वजनिक हुने मितिको बिषयमा जानकारी भने दिएनन् । उनले भने–‘तपाई स्पष्ट हुनुुहोस् कि नयाँ स्मार्टफोन यो वर्ष लञ्च गर्छौ, तर ठ्याक्कै मिति भने म अहिल्यै भन्न सक्दिँन ।’ 

गुुगल पिक्सेल तथा पिक्सेल एक्सएल मोडेल कम्पनीले अघिल्लो वर्षको अक्टोबरमा लञ्च गरेको थियो । यहीकारण यो वर्ष समेत नयाँ स्मार्टफोन अक्टोबरको सेरोफेरोमा लञ्च हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मुख्य प्रतिस्पर्धा आइफोनको आउँदो नयाँ भर्सनसँग हुने दाबी गरिएको छ । 

रिकले गुुगलले तत्काल सस्तो स्मार्टफोन ल्याउने कुनै योजना नबनाएको समेत स्पष्ट पारेका छन् । उनले यो स्मार्टफोन गुुगल आफैंले बनाउँछ या कुनै कम्पनीसँग सहकार्य गर्छ भन्ने बिषयमा समेत केही बताएनन् । 

पछिल्लो समयमा आएको केही जानकारीहरुका अनुसार गुुगल पिक्सल टूू मा सिसाको ब्याक प्यानल हुनेछ भने क्यामेरा मोड्यूल सेन्टरमा हुनेछ । यस्तै, क्यामेराको ठीक तल फिंगरप्रिन्टको सेन्सर समेत लगाइएको हुनेछ । फोनमा यूएसबी टाइप सी पनि हुनसक्छ । सबैभन्दा माथिल्लो भागमा ३.५ एमएमको ज्याक समेत लगाइएको हुनेछ । फोनमा ५ इञ्चको डिस्प्ले हुनेछ भने ६ जिबीको र्याम हुनेछ ।