काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित बनाउन ‘पेट्रोलियम कानुन’ ल्याउने तयारी गरेको छ ।

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको आज यहाँ सुरु भएको अधिवेशनमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले पेट्रोलियम पदार्थमा हुने चुहावट रोक्न र ग्यासको कारोबार व्यवस्थित बनाउन उक्त ऐनको खाँचो औँल्याए ।

उनका अनुसारपेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न गृहकार्य सुरु भइसकेको छ । त्यो काम सम्पन्न भएपछि एक लाख ५९ हजार किलि भण्डारण वृद्धि हुने जानकारी दिँदै उहाँले ग्यासको समेत भण्डारण बढाउनका लागि गृहकार्य गरिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीको लगानी स तथा व्यवसायलाई संरक्षण गर्न सकेमा त्यसको सकारात्मक असर समग्र मुलुकको अर्थतन्त्रमा देखापर्ने विचार व्यक्त गरे ।

एसोसिएसनका उपाध्यक्ष नवीनचन्द्र श्रेष्ठले व्यवसायमा हुने गरेका कालोबजारी नियन्त्रणका लागि सरकारलाई आफ्नो संस्थाले सहयोग गर्ने बताए
। शनिबारसम्म चल्ने उक्त अधिवेशनमा देशभरबाट करिब ४०० प्रतिनिधि सहभागी छन् । रासस