काठमाण्डौ । मिसन डेभलपमेन्ट बैंकले १ सय प्रतिशत हकप्रद निश्कासनको स्वीकृति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले यो बैंकले सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

स्वीकृतिपछि मिसन डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद निश्कासन गर्ने भएको छ । यो कम्पनीले भिबोर क्यापिटल लिमीटेडलाई हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकेको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १९ करोड ४९ लाख रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ३८ करोड ९८ लाख रुपैयाँको उचाईमा पुुग्नेछ ।