काठमाण्डौ । धितोपत्र बोर्डले छ्याङ्ग्दी हाइड्रोपावर लिमीटेडलाई सर्वसाधारणका लागि ५ करोड ४० लाख बराबरको प्राथमिक सेयरको निश्कासन(आइपीओ) गर्न स्वीकृति दिएको छ । 

बोर्डले सोमबार छ्याङ्ग्दी हाइड्रोपावरलाई १ सय रुपैयाँ दरका ५ लाख ४० हजार कित्ता सेयर आइपीओ गर्ने स्वीकृति दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

यो कम्पनीले हालै लमजुङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ७० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेपछि यो कम्पनीको चुक्तापूँजी २१ करोड ६० लाख रुपैयाँ पुुगेको छ । ५ करोड ४० लाख मूल्यको आइपीओ निश्कासन र बिक्रीपछि कम्पनीको चुक्तापूँजी २७ करोडको उचाईमा पुुग्नेछ । कम्पनीले आइपीओबाट उठेको रकम ४ मेगावाटको माथिल्लो चण्डी जलविद्युत आयोजनाका लागि खर्च गर्ने योजना बनाएको छ ।