काठमाण्डौ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा मंगलबारदेखि सबै सेरिजका आइफोन सेटहरुमा समेत चल्न थालेको छ । 

यसअघि फोरजी सेवा आइफोनको फाइभ सेरिजमा मात्र चल्थ्यो । नेपाल टेलिकमका अनुसार मंगलबारदेखि आइफोन सिक्स, सिक्स प्लस, सेभेन र सेभेन प्लस सेरिजका सेटहरुमा समेत यो सेवा चल्ने प्रष्ट पारेको हो । 

नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन गर्नुअघिदेखि एप्पल कम्पनीका सबै सेरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न सो कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको बताएको छ।

फोरजी सेवा सञ्चालन भइसके पछि पनि आइफोनका केही सेरिजमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्जन रिलिज गरी आइफोनका सबै सेरिजका सेटहरुमा फोरजी सेवा संचालन गर्न सकिने व्यवस्था गरिदिएको समेत बताइएको छ । 

नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गतेदेखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ । 

आइफोनमा यसरी एक्टिभ गर्ने फोरजी :