काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले जनकपुरस्थित क्षेत्रीय कार्यालय अन्तर्गतका इलाका, शाखामा आबद्ध केन्द्र प्रमुख तथा सदस्यहरुलाई अवलोकन भ्रमण गराएको छ । 

बैंकले आफ्ना समूहका सदस्यसँगको सम्बन्धलाई दिगो र विश्वासिलो बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ९ गतेदखि १२ गतेसम्म जनपुर अन्तर्गतका विभिन्न इलाका तथा शाखा कार्यालयहरुमा आबद्ध केन्द्र प्रमुख, उपप्रमुख तथा सदस्यहरुलाई अवलोकन भ्रमण गराएको हो । 

यो भ्रमणमा क्षेत्रीय कार्यालय अन्तर्गतका ३६ जनाको सहभागिता थियो । अवलोकन भ्रमणमा सहभागी सदस्यहरुले बैंकको प्रधान कार्यालय बुटवल, ईलाका कार्यालय शंकरनगर तथा ईलाका कार्यालय पाल्पा अन्तर्गत सञ्चालित विभिन्न केन्द्र तथा समुह सदस्यहरुले संचालन गरेका विभिन्न परियोजनाहरुको अवलोकन भ्रमण गरेका थिए । उनीहरुलाई गौतम बुद्धको जन्मस्थान लुम्बिनी र प्रमुख पर्यटकीय स्थल पाल्पा श्रीनगरको समेत भ्रमण गराइएको थियो । 

यसअघि बैंकले २०७३ माघ १० देखि १३ गतेसम्म क्षेत्रीय कार्यालय बुटवल अन्तर्गतका विभिन्न इलाका तथा शाखामा आबद्ध ३६ जनालाई समेत अवलोकन भ्रमण गराएको थियो । यो टोलीलाई चाहि क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत संचालित विभिन्न इलाका, शाखा कार्यालय तथा त्यस क्षेत्रका प्रसिद्ध धार्मिक स्थल(जानकी मन्दिर, राम मन्दिर) लगायतको भ्रमण गराइएको थियो ।   

लघुवित्त कार्यक्रमको अवलोकन भ्रमणबाट सदस्यहरुमा उत्प्रेरणा र सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै बैंकले आगामी दिनमा बैंकका अन्य क्षेत्रीय कार्यालयका सदस्यहरुलाई समेत अवलोकन भ्रमण गराउने योजना रहेको बताएको छ ।