काठमाण्डौ । आजको युुगमा प्रचार प्रसारबिना व्यवसायको कल्पना गर्न सकिन्न । जब तपाई विजिनेश सुरु गर्छु भन्ने सोंचमा हुनुुहुन्छ भने अहिलेको समयमा तपाईंले आफ्नो बजेटको एक ठूलो हिस्सा विज्ञापनका लागि पनि विनियोजन गर्नुपर्ने हुन्छ । केही विजिनेश त यस्ता छन्, जसको प्रोजेक्ट खर्च भन्दा बढी विज्ञापनको खर्च छुट्याउनुुपर्ने हुन्छ । विज्ञापन खर्च पर्याप्त मात्रामा नगर्दा कतिपय विजिनेश चौपट भएका पनि कयौं उदाहरणहरु छन् । तर अहिलेको प्रविधिको युुगमा कयौं यस्ता तरिका तथा विकल्पहरु पनि छन्, जहाँ तपाईले एकसुुको खर्च नगरी आफ्नो व्यवसायको प्रचारप्रसार प्रमोसन गर्न सक्नुुहुन्छ । यस्तै पाँच विकल्पको विषयमा हामी बताउन गइरहेका छौ । 

फेसबुकमा पेज बनाउनुहोस्
हिजोआज हरेक व्यक्ति फेसबुकसँग जोडिएको छ । यस्तो अवस्थामा तपाईंले आफ्नो व्यवसाय वा ब्राण्डको प्रमोसनका लागि फेसबुक अकाउण्टको साथमा आफ्नै अलग्गै पेज पनि बनाउन सक्नुुहुन्छ । यस्तो पेजमा आफ्नो विजिनेशको बिषयमा पूरा जानकारी सेयर गर्नुपर्छ । त्यसपछि सो पेजलाई आफ्ना आफन्त र साथीभाईबाट लाइक आओस् लाइक रिक्वेस्ट पठाउनुपर्ने हुन्छ । लाइक जति बढी भयो, त्यसबाट तपाईंको पेजको रिच बढ्दै जान्छ । यति मात्र होइन, यदि तपाईले केही खर्च गर्नुभयो भने फेसबुकले नै तपाईको पेजलाई सम्बद्ध मानिसहरुसम्म पुर्याउँछ र लाखौंको संख्यामा पेज लाइक बढाइदिन्छ । तथापि आफ्नो पेजमा आकर्षण बनाइराख्न हरेक दिन आफ्नो व्यवसायसँग जोडिएका चाखलाग्दा जानकारी पोस्ट गर्नुुपर्ने हुन्छ । 

ह्वाट्स एपमा बनाउनुुहोस् ब्रोडकास्ट लिस्ट
फेसबुक जस्तै ह्वाट्स एप पनि चर्चित सामाजिक सञ्जाल हो । पछिल्लो समय यसको प्रयोग समेत निकै तेज गतिमा भइरहेको छ । यसमा पहिला तपाईंले आफ्नो कन्टेन्टको एक ब्रोडकास्टिंग लिस्ट बनाउनुपर्ने हुन्छ । तर मानिस यहाँ पनि ग्रुप बनाउनमा बढी ध्यान दिइरहेका हुन्छन् । तर ग्रुपमा सदस्यको अधिकतम सीमा हुन्छ र ग्रुपमा त्यहाँको कुनै पनि सदस्य कुनै पोस्ट गर्ने बित्तिकै सबैले देख्छन् । यस्तो अवस्थामा यदि कसैले तपाईंको विजिनेशको बिषयमा नकारात्मक फिडब्याक दियो भने त्यो सबैले देख्छन् । यसकारण ग्रुपको साटो ब्रोडकास्टिंग लिस्ट तयार गर्नुहोस । यहाँ पोस्ट गर्दा ध्यान दिनुुहोस् कि सधै तपाईंको विजिनेशको बिषयमा मात्र नलेख्नुहोस्, केही चाखलाग्दा कुरा पनि पोस्टिने गर्नुहोस् । 

अखबारमा लेख्नुहोस्
कुनै पनि विजिनेशका लागि यो जरुरत हुन्छ कि त्यसलाई चलाउने इमेज कस्तो छ । विजिनेश चलाउनेले अलग अलग विषयमा कति जानकारी राख्छ भन्ने कुरा पनि उत्तिकै अहम् हुन्छ । यसको अर्थ हो तपाईंले आफ्नो विजिनेशको प्रोमोसनको साथमा ब्राण्डिंग पनि गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंले न्यूजपेपर्समा आर्टिकल लेख्न सक्नुुहुन्छ । किनभने कुनै पनि पत्रिकामा तपाईंको नामसहितको लेख छापिँदा तपाईंसँगै तपाईको विजिनेशको पनि प्रोमोसन हुनेछ र यसले तपाईलाई आफ्नै ग्राहकमाझ समेत थप परिचित गराउनेछ । यदि तपाईको लेख आफ्नो विजिनेशसँग मात्र सम्बन्धित हुन्छ भने त्यसले तपाईलाई आफ्नो क्षेत्रको विज्ञको रुपमा पनि चिनाउन थाल्छ । त्यसपछि अखबार वा न्यूज च्यानलहरुले तपाईलाई विज्ञको रुपमा कतिपय छलफल तथा बहसमा सहभागी बनाउन थाल्छन् । 

सर्भे गरी पहिचान बनाउनुहोस्
आफ्नो विजिनेशको प्रचारप्रसारका लागि थप एक सजिलो तरिका पनि अपनाउन सकिन्छ । तपाईले समय समयमा आफ्नो विजिनेश र प्रोडक्टको बिषयमा सर्भे समेत गर्न सक्नुहुन्छ । यसका लागि तपाईका प्रयोगकर्ता वा ग्राहकको फिडब्याक लिन सक्नुुहुन्छ । तपाईले यसका लागि अनलाइन सर्भे समेत गर्न सक्नुुहुन्छ । यसका लागि फेसबुक एक राम्रो माध्यम हुनसक्छ । त्यतिमात्र होइन तपाईले आफ्नो कर्मचारीलाई घर घर पठाएर म्यानुुअल सर्भे पनि गराउन सक्नुुहुन्छ । सर्भेको परिणाम तपाई अखबार, न्यूज च्यानल र वेब मिडियामा समेत चलाउन सक्नुुहुुन्छ । यसबाट तपाईको विजिनेशको ब्राण्ड भ्यालू बढ्नसक्छ ।

ट्वीटर र लिङ्क्डइनबाट पनि प्रचार प्रसार
ट्वीटर र लिङ्क्डइन जस्ता सामाजिक सञ्जाललाई पनि तपाईंले प्रचारप्रसारका लागि प्रयोग गर्न सक्नुुहुन्छ । पछिल्लो समय समाजका हरेक वर्गले ट्वीटर र लिङ्क्डइन चलाउने गरेका छन् । यसकारण आफ्नो विजिनेश सुरु गरेलगत्तै यी सञ्जालको समेत तपाईंले अकाउण्ट बनाइहाल्नुपर्छ । त्यसपछि आफ्नो विजिनेशको प्रोफाइलको साथमा नियमित अपडेट पनि गर्नुपर्ने हुन्छ । यी वेबसाइटहरुमा तपाईको विजिनेशसँग सम्बन्धित मानिसको प्रोफाइल समेत हेर्न सकिन्छ, यस्ता व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाएर पनि तपाईंले आफ्नो व्यवसायको दायरा बढाउन सक्नुुहुन्छ ।