काठमाण्डौ । देवः विकास बैक लिमिटेडले ग्राहकहरुका लागि सुरक्षित, विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेबिट/एटिएम कार्ड प्रयोगमा ल्याएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमीटेडको सहकार्यमा बैंकले यो कार्ड सेवा संचालन गरेको हो ।

बैकले जारी गरेको भिसा डेविट/एटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ । यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता दिने बताएको छ । यस सेवाबाट बैंकका ग्राहकहरुलाई नगदरहित कारोबार गर्न थप सुविधा पुग्ने बैंकको विश्वास छ।