काठमाण्डौ । इन्टेक्स टेक्नोलोजी, इण्डियाको एक प्रतिष्ठित मोबाईल कम्पनीले नेपालमा पनि अत्यधिक ब्याट्री ब्याकअप भएको एन्ड्रोइड फोन नेपालमा लञ्च गरेको छ । 

स्मार्टफोनमा हुनुपर्ने अधिकांश फिचर समेटिएको यो फोनमा केही नयाँ र आकर्षक फिचर समेत उपलब्ध छन् । 

कम्पनीका अनुसार यो फोनमा १ वर्षको वारेन्टी हुनेछ । ५ इञ्चको डिस्प्लेको सुविधा रहेको फोनमा थ्रीजी मज्जासँग चलाउन सकिनेछ । क्वाड कोर १.३ गिगाहर्ज, २८०० एमएएचको ब्याट्री, लाइट सेन्सर, ५ मेगा पिक्सेलको क्यामेरा पछाडि र २ मेगा पिक्सेलको अगाडि पट्टि, ३२ जीबीको एक्सपाण्डेबल मेमोरी कार्ड, १ जीबीको र्याम, ८ जिबीको रोम, इमेरजेन्सी रेस्क्यू र स्मार्ट लगायतका विशेषता छन् । 

इन्टेक्स टेकनोलोजीले नेपालभर ४५  सयभन्दा धेरै आधिकारिक बिक्रेताहरुमार्फत नेपाल भर विभिन्न मोडेलका मोबाईल सेटहरु बिक्री वितरण गर्दै आइरहेको छ ।