काठमाण्डौ । उपत्यकाका अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणले दुख पाएका छन् । 

शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । शनिबार नेपाल आयल निगमले तेल उपलब्ध नगराउँदा उपत्यकामा डिजेल र पेट्रोल अभाव भएको पम्प सञ्चालकहरु बताउँछन् ।

निजीमात्र नभएर सरकारी पम्पले समेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।