काठमाण्डौ । एक एउटा यस्तो तस्विर विश्वभरि अहिले भाइरल भइरहेको छ । त्यति मात्र होइन, यो तस्विरले विश्वका लाखौ मानिसको मन छिया–छिया बनाइदिएको छ र तस्विरको यथार्थ बुझेपछि मानिस रोइरहेका छन् । 

ब्रिटेनको वाल्सोकेनकी जुली एपिसेलाले फेसबुकमा एउटा तस्विर सेयर गरेकी छिन्, जुन तस्विर अहिले औधी चर्चामा छ । 

क्यान्सरप्रति जागरण पैदा गर्ने उनको यो प्रयासलाई विश्वभरका मानिसहरुले साथ दिइरहेका छन्, प्रशंसा गरिरहेका छन् । साथै, उनको हिम्मतलाई स्यालूट समेत गरिरहेका छन् । 

लाखौं मानिसहरु उनले सेयर गरेको तस्विरका कारण भावविह्वल पनि भएका छन् । खासमा एपिसेलाले जुन तस्विर फेसबुकबाट सेयर गरेकी छिन्, त्यसको एकापट्टि २०१५ को तस्विर रहेको छ, यसमा उनकी आफ्नै छोरी मुस्कुराइरहेको तस्विर रहेको छ । 

दोश्रोतर्फ चाहि सन् २०१६ को तस्विर राखिएको छ, जसको पृष्ठभूमि त्यही छ, तर त्यहाँ उनकी छोरी छैनन् । 
खासमा उनकी यी मुस्कुराइरहेकी छोरीको क्यान्सरका कारण गत वर्ष डिसेम्बरमा मृत्यु भएको थियो । 

एपिसेलाले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्–‘स्कूल फोटो टाइम । तर यो  पटक धेरै खास कुराहरु गायब भएका छन्, मेरी बच्ची एमीली । कल्पना गर्नुहोस् कि स्कूल जाने यो उमेरको तपाईंको बच्चाको तस्विर आखिरी तस्विर हो, जुन तस्विर तपाईले खिच्नुभएको हुन्छ, तर त्यही तस्विर जीवनभरिका लागि एउटा मीठो याद बनेर रहिदिन्छ ।’ 

एपिसेलाकी बच्ची एमिलीलाई सन् २०१३ मै मृगौलाको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसबेला मात्र एमिली ५ वर्षकी थिइन । 

ब्रिटेनमा स्कूल जाने पहिलो दिन बच्चा आफ्नो तस्विर खिचाउने परम्पराजस्तै छ । यही परम्परालाई निर्वाह गर्दै एपिसेलाले छोरीको तस्विर त खिचिन् तर, उनको   यही तस्विरले मानिसको दिल तोडिदियो । एपिसेलाले आफ्नो पोस्टमार्फत बालबालिकामा हुने क्यान्सरप्रति जागरुकता फैलाउन अपील गरेकी छिन् ।