काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ४८.२९ प्रतिशतको प्रगति हासिल भएको हो । 

बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ७७ करोड ११ लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर १ अर्ब १४ करोडको उचाईमा पुुगेको छ । ८६ करोड ७२ लाखमा सीमित संचालन मुनाफा वृद्धि भई १ अर्ब १६ करोडको उचाईमा पुुगेको छ । 

व्यवसाय वृद्धिमा समेत आक्रामक रहेका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब ३७ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ८५ करोड पुुगेको छ । 

अघिल्लो वर्ष ५७ अर्ब ४५ करोडमा सीमित निक्षेप संकलन यो वर्ष बढेर ७१ अर्ब १५ करोड पुुगेको छ । यस्तै, ४८ अर्ब ४५ करोडमा सीमित कर्जा परिचालन यो वर्ष बढाएर ६० अर्ब २४ करोडको उचाईमा पुुगेको छ । 

बैंकको निस्क्रिय कर्जा(एनपीएल) भने १.७० प्रतिशतकै विन्दूमा रहेको छ । बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २३ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १६१.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा प्रति सेयर आम्दानी केही घटेको हो । अघिल्लो वर्ष यही अवधिमा एनएमबी बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा थियो । 

अघिल्लो वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ९५ करोडमा सीमित चुक्तापूँजी यो वर्ष बढेर ६ अर्ब ४६ करोडको उचाईमा पुुगेको छ ।