काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिञ्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । 

सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरुमध्ये एक हो ।

शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले सो स्कूट प्रदान गरेको हो ।

अन्य विभिन्न विधामा आफूलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरेको थियो ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजनाअन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । 

यसअघि मित्रनगर, नयाँबसपार्कमा(काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजनाअन्र्तगत मोटरसाइकल उपहार पाएका थिए ।