काठमाण्डौ । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण भएको छ । 

यसले टिचिङ हस्पिटललाई मृगौला सम्बन्धी रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।  

मृगौला सम्बन्धी स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको अवस्थामा सर्वसाधारणलाई त्यस्तो उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उद्देश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको बताइएको छ । 

नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिन्छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।

‘यो सेन्टरको संचालनले मृृगौला सम्बन्धी स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहजबनाउने राट्रिष्य नीतिअनुरुप यो सेन्टरले हस्पिटलको सेवाप्रदानगर्ने क्षमता बढाउने छ।’ त्रिभुवनविश्वविद्यालय टिचिङ हस्पिटलका उपनिर्देशकप्रा.डा. प्रेमकृष्ण खड्गले भने‘‘यसकोे संचालनबाट थप बिरामीहरुलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्न हामीले नयाँ डायलाईसिस मशिनहरु जडान गर्नु पर्नेछ ।’

हाल टिचिङ हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गकाअनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजनाअन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मशिनहरु जडान गर्नेछ । 

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो  । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको एनसेलले जनाएको छ । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पूर्वाधार र  डायलाईसिस मशिन संचालानार्थ अति आवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जडान गरिएको छ ।  

‘मृगौला सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न आवश्यक आधारभूत भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामीएकदमै हर्षित छौ।’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने–‘ हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजनाअनुरुप बिरामीहरुलाई अतिआवश्यक मृगौलाउपचार सम्बन्धि सेवाप्रदानगर्नमा मद्दत गर्ने छ ।’

एनसेलले आफ्नो व्ययसायिक सामाजिकउत्तरदायित्व  कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ हस्पिटललाई यो सहयोग प्रदान गरेको हो । यो कार्यक्रमअन्र्तगत, कम्पनीले मनमोहन कार्डियो थोरासिकभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरीय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसियु) स्थापनामा सहयोग गरेको छ ।