काठमाण्डौ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मन्त्रीपरिषदको निर्णयअनुसार समर्पण गर्दै आएको महत्वपूर्ण व्यवसायिक व्यक्ति(कमर्सियल इम्र्पोटेन्ट पर्सन, सीआइपी) सम्मानका लागि योग्य र संभावितहरुको सूचिमा सबैभन्दा बढी कर तिर्ने एनसेल र सबैभन्दा बढी रेमिटान्स भित्र्याउने इन्टरनेशनल मनि ट्रान्सफर(आइएमई) अग्रस्थानमा परेका छन् । 

विगत केही आर्थिक वर्षहरुदेखि नियमित रुपमा सरकारलाई सबैभन्दा बढी कर तिर्दै आएको एनसेललाई पनि सीआइपी सम्मानका लागि छनौटको संभावित सूचिमा राखिएको छ । सबैभन्दा बढी आयकर दाखिला गर्ने उद्यमी व्यवसायीको सूचिमा पहिलो र एक मात्र कम्पनीको रुपमा एनसेल छनौट भएको हो । 

यसैगरी, रेमिटान्सको क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएको आइएमई समेत सीइआपी सम्मानको संभावित सूचिमा परेको छ । आइएमईले १४ हजार ३५ करोड बैकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी विप्रेषण भित्र्याएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । 

आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ को अवधिमा राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानको आधारमा सप्रमाण कम्पनीहरुको छनौट गरिएको हो । 

१७ वटा विभिन्न विधा तथा क्षेत्रका ३७ वटा फर्म तथा कम्पनीहरुलाई सीइआइपी सम्मानका लागि प्रारम्भिक छनौट गरिएको र छनौट भएका कम्पनीहरुमा कुनै दाबी विरोध भएमा प्रमाणसहित १५ दिनभित्र पेश गर्न केन्द्रले सर्वसाधारणमा आग्रह गरेको छ । 

कुन कम्पनी कुन विधाका लागि सम्मान पाउन योग्य संभावित सूचिमा परे, हेरौं :

१.तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका पाँच वस्तुहरुको सबैभन्दा बढी वस्तु निकासी गर्ने  निर्यातकर्ता र उद्योगी
क) ऊनी गलैंचा, दि सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डष्ट्री, जोरपाटी
ख) तयारी पोशाक : पल्स फेसन सोलुसन प्रालि, विराटनगर
ग) पश्मिनाका उत्पादन : नेचर निट प्रालि, बौद्ध, काठमाण्डौ
घ) मुसुरो : त्रिवेणी दाल तथा तेल उद्योग प्रालि, रामशाहपथ
ङ) छाला : एशियन लेदर इण्डष्ट्रिज, विराटनगर

२.भारततर्फको निर्यातमा रकमको आधारमा प्रथम तथा दोश्रो स्थान हासिल गर्ने निर्यातकर्ता, उद्योगी
क) डाबर नेपाल प्रालि, तीनकुने, कोटेश्वर,काठमाण्डौ
ख)आरती स्ट्राइप्स प्रालि, बालाजु, काठमाण्डौ

३.सबै हस्तकलाका बस्तुहरुको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्याकर्ता
क) एभरेष्ट फेसन, सुन्धारा, ललितपुर

४.कृषिजन्य वस्तु एवम् जडीबुटी क्षेत्रका सबै बस्तुहरुको सबैभन्दा बढी रकमको निर्यात गरी अग्रस्थानमा हुन आउने निर्यातकर्ता
क) निर्मल स्टोर, विर्तामोड, झापा

५.चीनतर्फको निर्यातमा रकमको आधारमा प्रथम तथा दोश्रो स्थान हासिल गर्ने निर्यातकर्ता कम्पनी
क) यूनाइटेड ट्यानरिज, दुहबी, सुनसरी
ख)न्यू इशा इन्टरप्राइजेज, सामाखुशी, काठमाण्डौ । 

६.निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता
क) फेशन क्राफ्ट प्रालि, सामाखुशी काठमाण्डौ

७.सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता
क) भेरिक्स इन्फरमेशन टेक्नोलोजिज्, हात्तीसार, काठमाण्डौ

८.तेश्रो मुलुकतर्फको निर्यातमा अग्रस्थानमा रहेका क्र.स. १ अनुसार छनौट हुने वस्तुहरुको रकमको आधारमा अग्रस्थानमा रहेका प्रत्येक वस्तुका १ /१ जनाको दरबाट जम्मा ५ जना उत्कृष्ट विदेशी पैठारीकर्ता
क) ऊनी गलैंचा : तमारियन कार्पेट इन्क, संयुक्त राज्य अमेरिका
ख) तयारी पोशाक : राइजिङ इन्टरनेशनल इन्क, एल मोन्टे क्यालिफोर्निया
ग) पश्मिनाको उत्पादन : ओटो जिएमविचएच, जर्मनी
घ) मुुसुरो : बिसमिल्लाह दालमिल, बंगलादेश
ङ) छाला : डर्मा सोसाइटाआ, इटली

९.नेपाली वस्तुको पैठारी रकमको आधारमा प्रथम तथा दोश्रो स्थान प्राप्त गर्ने  दुई भारतीय पैठारीकर्ता
क) डाबर इण्डिया लिमीटेड, भारत
ख) भूषण पावर एण्ड स्टील, भारत

१०.नेपाली वस्तु पैठारी रकमको आधारमा प्रथम तथा दोश्रो स्थान हासिल गर्ने उत्कृष्ट चिनियाँ पैठारीकर्ताहरु
क) तिब्बल यिन्ताओ ट्रेडिङ कम्पनी लिमीटेड, चीन
ख) युनान तियान होङ तोङ ड्रग कम्पनी लिमीटेड, चीन

११.उद्योग स्थापना तथा संचालनमा सबैभन्दा बढी लगानी गर्ने उत्पादनमूलक उद्योगतर्फ
क) शिवम सिमेन्ट्स, हटिया, मकवानपुर

१२.सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यमी व्यवसायीतर्फ
क) अरिहन्त मल्टिफाइबर्स प्रालि, खनार, सुनसरी

१३.बैकिङ प्रणालीमार्फत सबैभन्दा धेरै विप्रेषण र रेमिटान्स भित्र्याउने कम्पनी
क) आइएमई लिमीटेड, पानीपोखरी काठमाण्डौ

१४.पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने  होटल उद्योगी व्यवसायीतर्फ
क) तारागाउँ रिजेन्सी होटल लिमीटेड(ह्यात रिजेन्सी), बौद्ध, काठमाण्डौ

१५.तेश्रो मुलुकबाट सबैभन्दा बढी विदेशी पर्यटक भित्र्याउने ट्राभल एजेन्सी
क)यति ट्राभल्स प्रालि, दरबारमार्ग, काठमाण्डौ । 

१६.सबैभन्दा बढी आयकर दाखिला गर्ने उद्यमी–व्यवसायी
क) एनसेल नेपाल, नख्खु, ललितपुर

१७.निर्यात व्यापारका साथै, वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक  विकासमा उल्लेख्य योगदान पुर्याएका निम्न संघ–संस्थाहरुतर्फ देहायका प्रत्येक संस्थाका अध्यक्षलाई
क) नेपाल उद्योग वाणिज्य महासंघ, टेकु
ख) नेपाल चेम्बर अफ कमर्स, जमल
ग) नेपाल उद्योग परिसंघ, थापाथली

घ)तेश्रो मुलुकमा हुने कुल निर्यातको सबैभन्दा बढी हिस्सा ओगट्ने तीन वस्तुगत संघसंस्थाका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरु
अ ) ऊनी गलैंचा : नेपाल गलैंचा निर्यातकर्ता संघ, काठमाण्डौ
आ )ऊनी गलैंचा : केन्द्रीय गलैंचा उद्योग संघ, नेपाल
इ )तयारी पोशाक : तयारी पोशाक उद्योग संघ, काठमाण्डौ
ई )पश्मिनाका उत्पादन : नेपाल पश्मिना उद्योग संघ, काठमाण्डौ

ङ ) नेपाल हस्तकला महासंघ
च )नेपाल महिला उद्यमी महासंघ