काठमाण्डौ । फिनल्याण्डको मोवाइल कम्पनी नोकियाले एप्पलले आफ्नो टेक्निक चोरेको आरोप लगाउँदै जर्मनी र अमेरिकामा मुद्धा दायर गरेको छ । समाचार एजेन्सी एफपीका अनुसार नोकियाले कुल ३२ पेटेन्ट एप्पलले चोरी गरेको आरोप लगाएको छ । यो विषयमा अन्य कयौं देशमा पनि एप्पलमाथि थप मुद्धाहरु दायर गर्ने नोकियाले तयारी गरिरहेको छ । 

नोकियाले एक विज्ञप्तिमा भनेको छ–‘अमेरिकी कम्पनी एप्पलले उसका कयौं सेल फोनमा नोकियाको पेटेन्ट टेक्नोलोजीको प्रयोग गरिरहेको छ ।’ 

एप्पलले नोकियाको पेटेन्ट टेक्निक प्रयोगका लागि लाइसेन्स लिनुपर्ने कम्पनीको अफर समेत अस्वीकार गरेर जबरजस्ती गरिरहेको आरोप लगाइएको छ । कुनै मूल्य नै नतिरी एप्पलले यसरी डकैती शैलीमा आफ्नो टेक्निक प्रयोग गर्न नसक्ने नोकियाको तर्क छ । फिनल्याण्डको नोकिया कुनै बेला विश्वकै टप मोवाइल उत्पादकको रुपमा रहेको थियो । 

नोकियाका पेटेन्ट विजिनेश हेड इल्का रहनास्तोले भनेका छन् कि कयौ वर्षसम्म एप्पलसँग गरिएको छलफलको क्रममा समेत उसले नोकियाको पेटेन्ट टेक्निक प्रयोग गरेबापत मूल्य चुकाउने विषयमा सहमति जनाएन । एप्पलको यही हेपाहा प्रवृतिका कारण आफूहरु अदालत जान बाध्य भएको उनको भनाई छ । 

एएफपीका अनुसार अहिले नोकियाले जर्मनीका तीन शहर र अमेरिकाको टेक्सासमा दायर मुद्धामा कुल ३२ पेटेन्ट चोरीको आरोप लगाएको छ ।

यसमा चिप सेट, डिस्प्ले, यूजर इन्टरफेस, सफ्टवेयर तथा भिडियो कलिङ समेत रहेका छन् । नोकियाले अन्य ठाउँमा समेत एप्पलविरुद्ध मुद्धा हाल्दैछ । 

२०१७ मा नोकियाको कमब्याक
नोकिया स्मार्टफोन उद्योगमा कमब्याक गर्न गइरहेको छ । उसले अफिसियल्ली नै भनिसकेको छ सन् २०१७ मा स्मार्टफोन उद्योगमा उसको जबरजस्त कमब्याक हुनेछ, केही स्मार्टफोनहरुको लञ्च सँगै । 

फोन एरिनामा छापिएको एक रिपोर्टका अनुसार १५ नोभेम्बरमा नोकियाका लगानीकर्ताका लागि आयोजना गरिएको एक कार्यक्रमको दौरान कम्पनीले घोषणा गरेको थियो कि सन् २०१७ मा नोकिया स्मार्टफोनले बजारमा आफ्नो नयाँ प्रोडक्ट उतार्नेछ । 

नोकियासँग म्यानुुफ्याक्चरिंगको सुविधा छैन, यही कारण स्मार्टफोन उत्पादनका लागि उसले फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबल तथा ताइवानको कम्पनी फक्सकानको सहयोग लिनेछ । 

नोकियाले सन् २०१४ मा करिब ७.२ बिलियन डलरमा आफ्नो ह्याण्डसेट युनिटलाई माइक्रोसफ्टलाई बिक्री गरेको थियो । माइक्रोसफ्टसँग नोकियाको नन कम्पिट सम्झौता सन् २०१७ मा समाप्त हुँदैछ ।