काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  Emolumentले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २० एमबीए होल्डर्सको तलबको विश्लेषण गरी छानिएका युनिभर्सिटीको सूचि बनाएको छ । छानिएकामध्ये १५ वटा कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई निकै आकर्षक तलब र बोनस समेत उपलब्ध गराउँछन् । यस्ता विश्वविद्यालयमा प्रवेश गर्न मात्र सक्ने हो भने पढाईको साथमा रातारात करोडपति भइन्छ । यसरी विद्यार्थीलाई अध्यापनको साथमा उच्च तलब र बोनस दिने कलेजहरु सबैभन्दा बढी अमेरिकामा रहेका छन् । हेरौं १५ कलेज, जसले पढाईको साथमा विद्यार्थीलाई राम्रो तलब र बोनस उपलब्ध गराउँछन :

शिकागो बुथ स्कूल अफ बिजिनेश, शिकागो अमेरिका
तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ७३ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड ३३ लाख रुपैयाँ 

 

कोलम्बिया विजिनेश स्कूल, न्यूयोर्क अमेरिका


तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ६४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड २४ लाख रुपैयाँ

 

जज विजिनेश स्कूल, क्याब्रिज, यूके


तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ५५ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड १५ लाख रुपैयाँ

 

हार्वर्ड विजिनेश स्कूल, बोस्टन, अमेरिका


तलब : करिब १ करोड ५० लाख
बोनस :  ५० लाख
कुल कम्पेनसेसन : २ करोड रुपैयाँ

 

वार्टन स्कूल, पेन्सलवेनिया, अमेरिका


तलब : १ करोड ४६ लाख रुपैयाँ
बोनस : ४२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ८८ लाख रुपैयाँ

 

स्र्टन स्कूल अफ विजिनेश, न्यूयोर्क अमेरिका


तलब : १ करोड ४९ लाख रुपैयाँ
बोनस : ३८ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ८७ लाख रुपैयाँ

 

केलग स्कूल अफ मेनेजमेन्ट, अमेरिका


तलब : १ करोड ४९ लाख रुपैयाँ
बोनस : २७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ७६ लाख रुपैयाँ

 

जोन्सोन कर्नेल युनभरसिटी,न्यूयोर्क अमेरिका


तलब : १ करोड ३६ लाख रुपैयाँ
बोनस : २७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ६३ लाख रुपैयाँ

 

इन्सीड, फोन्टेनब्ल्यू, फ्रान्स


तलब : १ करोड २७ लाख रुपैयाँ
बोनस : २२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४९ लाख रुपैयाँ 

 

रोज स्कूल अफ विजिनेश, मिसेगन, अमेरिका


तलब : १ करोड ३२ लाख रुपैयाँ
बोनस : १४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४६ लाख रुपैयाँ

 

लण्डन विजिनेश स्कूल, यूके


तलब : १ करोड २१ लाख रुपैयाँ
बोनस : २४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४५ लाख रुपैयाँ

 

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी


तलब : १ करोड १५ लाख रुपैयाँ
बोनस : २२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ३७ लाख रुपैयाँ

 

वारविक विजिनेश स्कूल, वारविक यूके


तलब : १ करोड १५ लाख रुपैयाँ
बोनस : ७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड २२ लाख रुपैयाँ

 

म्यान्चेस्टर विजिनेश स्कूल, यूके


तलब : १ करोड ४ लाख रुपैयाँ
बोनस : १४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड १८ लाख रुपैयाँ

 

सेड विजिनेश स्कूल, अक्सफोर्ड, यूके


तलब : १ करोड ६ लाख रुपैयाँ
बोनस : ११ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड १७ लाख रुपैयाँ