काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । राजधानीमा शनिबार डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । 

‘एमालेले तराईमा कार्यक्रम किन गर्नु हुँदैन ? एमालेका कोही नेता तराईमा किन जानु हुँदैन ? त्यसका पछाडि अरू कारण छैन, आतंक छ । नौ महिना त पुष्पकमल दाहाल प्रधानमन्त्री भएको हुन लाग्यो । नाकाबन्दीको समय होइन, अप्ठ्यारो समय होइन । सजिलो समय हो । तर, पनि काम केही भयो ? नीति, विधि, थिति, इमानजमान सबै बेचेर आर्थिक बेइमानी गर्नुभएको छ उहाँहरूले । बजेटमा उल्लेख नभएका विषयमा पैसा पठाउनुभएको छ । आचारसंहिताविपरीत कर्मचारी सरुवादेखि सारा चिज उहाँहरूले गर्नुभएको छ । तर, देशका लागि जनताका लागि केही गर्नुभएन ।’ एमाले अध्यक्ष केपी ओलीले भने । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ । 

‘पार्टीहरू विकासमुखी होइन, अधिकारमुखी भए । संविधान बनाउनेदेखि आजसम्म हामी अधिकारका लागि लड्यौँ, लडिरहेका छौँ । हाम्रो सोच विकासभन्दा पनि अधिकारका लागि छ । पार्टीहरू पनि विकासका लागिभन्दा अधिकारका लागि छन् । सरकारमा गएपछि विकास गर्नेभन्दा पनि आफ्ना मान्छे कता राख्ने भनेर फिटफाट गरिन्छ ।’ -केपी ओली, एमाले अध्यक्ष