काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । 

निगमले प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर नयाँ सूचि पठाएकोले बुधबार मध्यरातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको निगमले प्रष्ट्याएको छ ।

नयाँ मूल्य अनुसार अब प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पुुगेको छ । २५ रुपैयाँ वृद्धि गरे पनि ग्यासमा निगमलाई प्रतिसिलिन्डर १ सय ६३ रुपैयाँ अझै घाटा व्यहोरिरहेको निगमको दाबी छ । यसैबीच, निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।