काठमाण्डौ । वन पैदावार विकास समिति, बबरमहल काठमाण्डौले विभिन्न ७ पदका लागि २८ कर्मचारी मागेको छ । रिक्त भनी खुलाइएका अधिकांश पदहरुमा एसएलसी उत्तीर्ण र प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन सक्नेछन । 

रेञ्जर पदमा ६ जना जनशक्ति मागिएको छ । यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह उतीर्णले आवेदन दिन सक्ने जनाइएको छ । यस्तै, सहायक वन अधिकृतर्फ २ जनाका लागि जागिर खुलाइएको छ । यो पदका लागि चाहि मान्यताप्राप्त शिक्षण संसथाबाट सम्बन्धित बिषयमा स्नातक उतीर्णले आवेदन दिन सक्नेछ । 

प्राविधिकतर्फ नै ओभरसियर पदमा १ जना मागिएको छ । सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह उतीर्णले यो पदका लागि आवेदन दिन सक्नेछ । 

वन पैदावार विकास समितिले लेवर सुपरभाइजर(फरेष्टर) पदका लागि १३ जना जनशक्ति मागेको छ । यो पदका लागि एसएलसी वा सो सरह उतीर्ण भई सम्बन्धित बिषयमा मान्यताप्राप्त संस्थाबाट कम्तीमा १ वर्षको तालिम प्राप्त गरेकोले आवेदन दिन सक्ने जनाइएको छ । 

प्रशासनतर्फ नासु सो सरहको पदमा २ जना मागिएको छ । यो पदमा प्रमाणपत्र तह उतीर्णले आवेदन दिन सक्नेछ । यसैरी, २ खुल्ला र १ महिला गरी ३ जना लेखापाल पनि मागिएको छ । सम्बन्धित बिषयमा प्रमाणपत्र तह उतीर्णले यो पदमा आवेदन दिन पाउनेछन् । 

एसएलसी वा सोसरहले आवेदन दिन पाउने गरी समितिले एकजना खरिदार पनि मागेको छ । 

खुलाइएका सबै पद स्थायी प्रकृतिका रहेका र सबै समूह तथा पदका लागि पुरुषको हकमा २१ बर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिनुपर्नेछ । आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको(बुधबार)को मितिले २१ दिनभित्र समितिको केन्द्रीय कार्यालय, बबरमहलमा आवेदन दिनुपर्ने उल्लेख छ ।