काठमाण्डौ । नेपाल एसबीआई बैंकले पुस ११ गते(सोमबारदेखि) ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन गर्दैछ । यो बैंकले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउन ६ करोड ५८ लाख बराबरको एफपीओका लागि आवेदन खुलाएको हो । 

एसबीआईको एफपीओको मूल्य प्रतिकित्ता प्रिमियम मूल्यसहित ९७१ रुपैयाँ तोकिएको छ । 

एफपीओमा आवेदन दिने समयत पुस १४ तेदेखि सकिनेछ । त्यसबेलासम्म पनि माग भएअनुसारको एफपीओ नपरे अधिकतम आवेदन दिने मिति पुस २५ गतेलाई तोकिएको छ । 

आइतबार सरकारले क्रिसमसको विदा दिएका कारण यसअघिको तालिकामा यो बैंकले सामान्य संसोधन गरेको हो । 

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

एसबीआई बैंकको एफपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

एसबीआई बैंकका अनुसार एफपीओ सेयर खरीद गरेका सेयरधनी आर्थिक वर्ष २०७२/७३ बाट बैंकले घोषणा गरेको २८ प्रतिशत बोनस सेयरका लागि समेत योग्य हुनेछन् । 

नेपाल एसबीआई बैंकको हालको सेयर स्वामित्व संरचना संस्थापक र सर्वसाधारतर्फ क्रमशः ७०.१२ र २९.८८ प्रतिशत रहेको छ । एफपीओको निश्कासन र व्यवस्थापनपछि यो स्वामित्व ७० र ३० मा रुपान्तरण हुनेछ । 

हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको यसअघि नै घोषणा गरिसकेको छ । 

बैंकले आफ्ना सेयरधनीलाई १० बराबर ४ को अनुपातमा(४० प्रतिशत) हकप्रद समेत वितरणको घोषणा गरेको छ । बोनस सेयर र एफपीओको व्यवस्थापनपछि बैंकले हकप्रद जारी गर्नेछ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । 

कहाँ-कहाँबाट दिने आवेदन ?
१.नेपाल एसबीआई बैंक, केशरमहल काठमाण्डौ तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र नम्बर : मनोजकुमार श्रेष्ठ,४४३५६१३

२.एसबीआई बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र नम्बर: मनोजकुमार श्रेष्ठ,४४३५६१३

३.एनएमबी क्यापिटल लिमीटेड, नागपोखरी, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : प्रल्हाद श्रेष्ठ, ४४३७९६३

४.नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमीटेड, हात्तीसार, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : पुुष्प शर्मा, ४४३५६१३,४४१२७४३