काठमाण्डौ । नेपाल एसबीआई बैंकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउन २ अर्ब रुपैयाँको हाराहारीमा हकप्रद निश्कासन गर्ने भएको छ । 

१० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद निश्कासनका लागि यो बैंक धितोपत्र बोर्ड पुुगेको हो । हकप्रदको निवेदन परेपछि त्यसलाई बोर्डले पाइपलाइनमा राखेको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ९९ लाख हकप्रद निश्कासन गर्नेछ । हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

हाल नेपाल एसबीआई बैंकको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ६ अर्ब ९७ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले ८ अर्ब चुक्तापूँजी पुर्याउन जारी आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने संभावना छ । 

हाल यो बैंकको प्रति कित्ता सेयर कारोबार मूल्य १०९५ रुपैयाँ रहेको छ ।