अछाम । गत बर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा धेरैले हावा गफ भनेको थिए ।

तर अछामजस्तो विकट जिल्लाको कमलबजारमा हावाबाट बिजली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

हावाबाट बिजुली बाल्ने योजनासहित मंसिर महिनाको तेस्रो हप्ताबाट धमाधम काम भईरहेको छ ।

वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग र स्थानियको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि बिद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ ।

आयोजनाबाट ३१ किलोवाट क्षमताको हावाबाट विद्युत् उत्पादन गरी कमलबजार नगरपालिका भित्र विस्तार गरिने खबर आजको कारोबारमा छ ।