काठमाण्डौ । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर, सेभ टूगेदर क्याम्पेन सञ्चालनमा ल्याएको छ । 

सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखी कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फ्रस्ट बिजिनेश क्याविन्सको शुल्कमा ३० प्रतिशतसम्मको छुट पाउनेछन् । 

३ देखि ९ जनाको समूह बनाई यात्रा गर्ने यात्रुले योजनामार्फत आकर्षक डिल्सबाट लाभान्वित हुनसक्नेछन् । २८ नोभेम्बरदेखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ता १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । 

यात्रूहरुले फ्लाइटको टिकट खरीदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशतसम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् । तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । 

यसका लागि उपभोक्ताले qatarairways.com/travel together मा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । 

योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिसमार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।