काठमाण्डौ । आजको युगमा प्रत्येक मानिस धेरै भन्दा धेरै पैसा कमाउन चाहन्छ । तर लाखौं कोसिसमा पनि मानिसको करोडपति बन्ने सपना पूरा भइरहेको हुँँदैन । नेपालमा विनोद चौधरी, उपेन्द्र महतो, शेष घले, राजेन्द्र खेतान, चन्द्र ढकाल, देवी भट्टचन जस्ता सीमित मान्छेसँग मात्र किन अथाह पैसा भएको होला ? यी सफल व्यक्तिहरुमा त्यस्तो विशेषता के छन्, जुन विशेषता आम मानिससँग छैन, यिनै विशेषताका कारण उनीहरु अरु भन्दा फरक पनि छन् । म्यानेजमेन्ट गुरुहरुले लेखेका आफ्ना किताबहरुबाट हामीले यस्तै ५ टिप्स तयार गरेका छौ, यी टिप्सहरुलाई फलो गरेर तपाईं पनि करोडपति बन्न सक्नुहुन्छ ।

समयमै अवसरको उपयोग गर्नू
प्रत्येक मानिसलाई संसारमा आफू भन्दा बढी जान्ने अरु कोही छैनन् भन्ने भ्रम पालेर बस्छन् । यही कारण मानिस आफू अगाडि आएको अवसरलाई समेत गुमाइरहेका हुन्छन् । यदि यस्तो बठ्याईं देखाउने हो भने समयमै देखाउनुहोस् । जुन विजिनेशनलाई मानिसहरु जोखिमका कारण गर्न डराइरहेका हुन्छन्, त्यस्ता विजिनेश थोरै मानिसले मात्र छनौट गर्छन र यसलाई आफ्नो अवसरको रुपमा लिएर त्यसलाई सफलतामा परिणत गरिदिन्छन् । जस्तो चीनका विजिनेशमेन ज्याक एक उदाहरण हुन् । उनले समेत अरुले जोखिमपूर्ण भनेको विजिनेश रोजे र रातारात सफल बने । अहिले उनी हेर्दाहेर्दै चीनका गन्न सकिने धनी व्यक्तिहरुको सूचिमा पर्न सफल भएका छन् । 

सिद्धान्तमा अडिग रहिरहनू
मानिस छोटो समयका लागि पैसा कमाउनका लागि आफ्नो सिद्धान्तसँग सम्झौता  गरिरहेका धेरै ठाउँमा देख्न सकिन्छ । तर विश्वका सफल विजिनेशमेनहरुले जीवनमा कहिल्यै पनि आफ्नो सिद्धान्तप्रति सम्झौता गर्दैनन् । एप्पलका स्टीव जब्सले पनि आफ्नो सिद्धान्तका कारण कुनै बेला जागिर नै छाड्नुपरेको थियो । तर जब्सले हिम्मत हारेनन् र आफ्नो सिद्धान्तकै मद्धतले एप्पलजस्तो प्रोजेक्टलाई खडा गरिदिए । 

बलियो चरित्र बनाउनु
पुरानो जमानामा हाम्रा अग्रजहरुले भन्ने गर्थे, मानिसको सफलताको पछाडि उसको चरित्रले समेत ठूलो भूमिका खेल्छ । पैसा कमाउनका लागि पनि तपाईं आफ्नो चरित्रसँग सम्झौता नगर्नुहोस् । आफ्नो   चरित्रमा अडिग रहेर बलियो बने पैसा आफैं आउनेछ । 

सामाजिक बन्नू
आजको समयमा जो व्यक्ति बढी सामाजिक छ, त्यही बढी सफल छ । तपाईं एक्लै बसेर वा रहेर पैसा कमाउन सक्नुहुन्न । तपाईं कुनै काम गर्नुहुन्छ भने समाजको आवश्यकता पर्छ । त्यसकारण समाजलाई हेरेरै नै आप्mनो विजिनेश छनौट गर्नुहोस् । हेनरी फोर्डलाई लाग्यो कि समाजलाई कारको जरुरी छ, त्यसपछि उनले कार बनाए । फोर्डको यो सूत्रले धूम मच्चाइदियो ।

बित्तीय बिषयमा आफ्नो पकड राख्नू
कुनै पनि व्यवसाय सुरु गर्न वा त्यसका सफलता पाउनका लागि तपाईंले पैसाको लेनदेन र योसँग जोडिएको बिषयमा आफ्नो पकड मजबुत राख्नुपर्छ । पैसाले थप पैसा बनाउँछ, तर पैसा कमाइसकेपछि त्यसको सही प्रयोग हुन जरुरी हुन्छ । त्यसकारण सही ठाउँमा लगानीको आदतले तपाईंको पैसा कयौं गुणाले बढाउन सकिन्छ । विश्वका सबैभन्दा ठूला लगानीकर्ता वारेन बफेट यसको सबैभन्दा राम्रा उदाहरण पनि हुन् ।