काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कलंकीमा शाखा बिस्तार गरेको छ । 

हालै संचालनमा आएका ७ शाखामध्ये कलंकी शाखा पनि एक हो । यो शाखाको औपचारिक उद्घाटन बुधबार एक कार्यक्रमबीच नेपाल राष्टबैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे । 

कलंकी शाखासहित यो बैंकको शाखा संख्या २९ पुुगेको छ । बैंकको एक एक्सटेन्सन काउण्टर समेत संचालनमा छ ।