नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानी केन्द्रीत आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् । 

मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने –‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ, तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’

आप्mनो दल सरकार गिराउने खेलमा नलाग्ने स्पष्ट पार्दै डा. कोइरालाले लोकतन्त्रको विधि र प्रक्रियाबाट सरकार गठन र पुनर्गठन हुनुपर्ने बताए । 

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले स्थानीय निकायको निर्वाचन राजनीतिक दलहरुसँगको सहमतिमा गर्नुपर्ने बताउँदै लोकतन्त्रमा जति धेरै निर्वाचन भयो, त्यति नै लोकतन्त्र संस्थागत हुने बताए ।