काठमाण्डौ । अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नी कान्छी छोरी साशाले हालै सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत आफ्नो मजाक उडाएको बताएका छन् । 

ओबामाले भनेका छन् कि जब उनी एक डिनरको क्रममा सोशल नेटवर्कमाथि चर्चा गरिरहेका थिए, साशाले त्यसको रेकर्डिङ गरिन् र आफ्ना साथीहरुलाई पठाइदिइन् ।

राष्ट्रपति ओबामाले सोमबार प्रसारित जिमी किमेल लाइभ टेलिभिजन शोका क्रममा साशाको स्न्याप च्याटको प्रसंग उठाएका हुन् । उनले भनेका छन्–‘साशाले मलाई स्न्यापच्याटको बिषयमा निर्देशन दिन्छिन् ।’

साशाको अनलाइन गतिविधिको बारेमा ओबामाले चर्चा गरेको यो पहिलो पटक भने होइन । 

यसभन्दाअघि गत जुलाईमा पनि ओबामाले भनेका थिए कि साशाले केही ट्वीट गरेकी थिइन, त्यसपछि केही चर्चित मिडियाहरुले सो ट्वीटको आधिकारिताको बिषयमा खोजी गरेका थिए । 

तर, त्यसबेला त्यो ट्वीट पनि गोप्य राखिएको थियो । अहिले पनि स्न्याप च्याटमा ओबामाकी छोरीले आफ्नै पिताको बिषयमा उडाएको मजाकसम्बन्धी बिषय पनि गोप्य नै राखिएको छ ।