काठमाण्डौ । दश जिल्लामा बैकिङ सेवा संचालन गरिरहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ६५ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । 

आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट लगानीकर्तालाई ६५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव नेपाल राष्टबैंकले सोमबार स्वीकृत गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट समेत यो प्रस्ताव पारित भएपछि लगानीकर्ताले ६५ प्रतिशतको दरले बोनस सेयर पाउने छन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ५ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी भएपछि चुक्तापूँजी ८ करोड २५ लाखको उचाईमा पुुग्नेछ ।