काठमाण्डौ । कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । 
 

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आर्जन गरेको नाफाबाट शेयरधनीलाई बोनश शेयर दिने घोषणा गरेको हो । बैंकले २ः१ को अनुपातमा हकप्रद शेयर वितरण गर्ने घोषणा समेत गरेको छ । 
 

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकदारा जारी विज्ञप्तिमा उल्लेख छ । संचालक समिति बैठकले गरेको यो निर्णय स्वीकृतिका लागि नेपाल राष्टबैंकमा पठाउनुपर्ने हुन्छ । त्यहाँबाट स्वीकृति भएपछि बैंकको वार्षिक साधारणसभाले बोनश वितरण सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेपछि मात्र शेयरधनीले बोनस पाउनेछन् । 
 

कृषि विकास बैंकको हालको चुक्तापूँजी ३ अर्ब ४२ करोड रुपियाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर जारी भएपछि चुक्तापूँजी ३ अर्ब ९३ करोड पुग्ने बताइएको छ । ५० प्रतिशतको हकप्रद शेयरले चुक्तापूँजी बढाएर ५ अर्ब ९० करोड पुग्नेछ । यति गर्दा समेत राष्टबैंकले तोकेको ८ अर्बको पूँजी योजना पूरा गर्न बैंकलाई २ अर्ब १० करोड रुपैयाँ अपुग हुने देखिएको छ । 
 

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३८ करोड ७५ लाख रुपैयाँ खूद नाफा गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७०/७१ मा आर्जन भएको नाफाबाट पििन शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष ०६९/७० मा चाहि शेयरधनीलाई ३१.५८ प्रतिशत बोनश शेयर बाँडेको थियो ।