काठमाण्डौ । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समूूहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएको हो ।

कफी शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ । 

बढ्दो कफी कल्चरलाई मध्यनजर गर्दै बैंक, पूूर्वाधार निर्माण, सामाजिक क्रियाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफि शपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ ।

कोटेश्वरको दक्षिणतर्फ प्रभु बैंकसँगै खुलेको ‘हिमालयन फ्रेस अरबिका कफि शप’ मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन तथा चाहेजस्तो बेकरी आइटम खान पाउने छन् ।

बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामाजिक अभियन्ता मनोज अर्याल लगायतको समूूहले आफैंले केही नयाँ काम गर्ने लक्ष्य लिएर कफी सप सुरु गरेको हो ।

हिमालयन फ्रेस अरेबिका कफि शप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताको छ । नेपाली शुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवा दिने बन्दोबस्त कफि शपले मिलाएको छ । शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफि शपमा पुग्ने जो कोहीले पनि कफिको मज्जा लिँदै आनन्द महसुस गर्न सक्नु नै कफि शपको विशेषता हो । 

डेढ दशक लामो बैंकिङ पेशाबाट कफि शपमा आकर्षित बनेका सञ्चालक उद्धवराज थपलिया भन्छन्, ‘जागिरे भएर मात्र हाम्रो योगदान देखिएन । हामी आफैंले व्यवशाय गरेर अरुलाई पनि केही योगदान गरौं भन्ने उद्धेश्यले कफि शप सुरु गरेका हौं ।’

अहिले कफि शपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । विश्वस्तरीय कफिका साथमा बेकरीका महत्वपूर्ण आइटम खानका लागि कफि शपमा नियमित रुपमा ग्राहक आउन थालिसकेका छन् । कफि शपमा सबै किसिमका बेकरी आइटमहरु उपलब्ध छन् । साथै कफि शपले अर्डर अनुसारका केक तथा बेकरी आइटम तयार गरिदिँदै आएको छ ।

कफि शपका अर्का सञ्चालक तथा पर्यटन व्यवसायी ध्रुबराज न्यौपाने भन्छन्, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वा चिसो कफिका साथ उत्कृष्ट बेकरी खान पाउनुले कफि शप आकर्षणको केन्द्र बनेको छ ।’

हिमालयन बेञ्चदेखि विभिन्न कफि शपमा झण्डै दशक अवधिसम्म बारिस्ताको अनुभव बटुलेका उमेश सत्यालले कफिका पारखीहरुलाई कलात्मक तथा स्वादिलो कफि चखाउने गरेका छन् । उनी कफि शपका प्रबन्धक हुन् । 

निकट भविष्यमा नै कफि शपले अनलाइनबाट आफूूकहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्दैछ ।