काठमाण्डौ । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ । 

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाईन आवेदन फारम खुला हुनेछ ।

यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस भनी आठ जना भन्दा बढी इन्जिनियर २४ सै घण्टा सम्पर्कमा राख्ने भएको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।