काठमाण्डौ । देवः विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफा अघिल्लो आबको तेश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा २५५.२६ प्रतिशतले वृद्धि गरेको हो । 

बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५ करोड ६० लाख रुपैयाँ खूद नाफा आर्जन भएकोमा यो वर्ष बढेर १९ करोड ९० लाखको उचाईमा पुुगेको छ । 

८ करोड ७२ लाखमा सीमित संचालन मुनाफा समेत बढेर ३१ करोड ४० लाखको उचाईमा पुुगेको छ । 

व्यवसाय बिस्तारमा राम्रो प्रदर्शन गरेका कारण बैंकको खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २२ करोड ३३ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर ३९ करोड ७० लाखको उचाईमा पुुगेको छ । 

बैंकले यो अवधिमा ९ अर्ब ८१ करोड निक्षेप संकलन गरी ८ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ७ अर्ब ३१ करोड निक्षेप संकलन गरी ६ अर्ब ४९ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले निस्क्रिय कर्जा(एनपीएल)लाई ह्वात्तै घटाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ४.९६ प्रतिशत रहेको एनपीएल घटेर यो वर्षको सोही अवधिमा १.३९ प्रतिशत सीमित बनेको छ । 

यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी १९.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.२६ रुपैयाँ कायम भएको छ । यो बैंकले हालै साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्तिको सम्झौता गरेको छ ।

तेश्रो त्रैमाससम्म आइपुुग्दा बैंकको चुक्तापूँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ ।