काठमाण्डौ । मेगा बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.९५ प्रतिशतले खूद नाफा बढाएको हो । 

बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २२ करोड ३५ लाखमा सीमित रहेको खूद नाफा यो वर्ष वृद्धि भई ३७ करोड ९ लाखको उचाईमा पुुगेको हो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि ४३ करोड २६ लाखबाट वृद्धि भई ७७ करोड ४० लाखको उचाईमा पुुगेको छ । बैंकले यो अवधिमा ३८ अर्ब ५१ करोड निक्षेप संकलन गरी ३४ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ५२ करोड निक्षेप संकलन गरी २० अर्ब ४६ करोड कर्जा प्रवाह गरेको थियो । 

यो अवधिमा बैंकले ५ करोड राइट ब्याक गरेको छ भने संभावित जोखिम व्यवस्थापनका लागि १३ करोड ४२ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । 

मेगा बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड र जगेडा कोषमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । 

यो बैंकको सीडी रेसियो ७९.३६ प्रतिशत, निस्क्रिय कर्जा ०.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा निस्क्रिय कर्जा अनुपात १.११ प्रतिशत थियो । 

बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा, प्रतिसेयर नेटवर्थ १३२.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.४३ गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा प्रति सेयर आम्दानी १५ रुपैयाँ ५७ पैसा मात्र थियो ।