सुख्खा नङ

स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ । यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ । त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।
 

पिसाबमा रगत आउनु

पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ । यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ । मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ ।

लगातार कम्मर दुखाई

लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । यद्यपि सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।

धेरै पसीना आउनु या शरीर सुन्निनु

धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ । अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ । कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ । यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ ।

बंगारा दुख्नु
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ । तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ । यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ ।

मुख गन्हाउनु
ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ । फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ । गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ ।

पेट दुख्नु

पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ । यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ ।

जिब्रो लर्बराउनु

यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ ।

-Agency