काठमाण्डौ । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले बिहीबारदेखि काठमाण्डौका गैह्रीधारामा आफ्नो सेल्स अफिस संचालनमा ल्याएको छ । 

एक कार्यक्रमका बीच एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले सेल्स अफिसको उद्घाटन गरेका थिए । श्रेष्ठले कम्पनीका जेनरल म्यानेजर–कमर्सीयललाई पहिलो टिकट हस्तान्तरण गरेर कार्यालयको विधिवत उद्घाटन गरेका थिए । 

हिमालय एअरलाइन्स्ले जेठ १८ गतेदेखि काठमाडौँ–दोहाका लागि नियमित उडान सुरु गर्ने छ । एअरलाइन्स्ले पहिलो १५ दिनमा हप्ताको ३ दिन उडान गर्नेछ भने असार २ गते देखि दैनिक उडान थाल्ने बताइएको छ ।