काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको गोठाटारमा आफ्नो नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

शुक्रबार नेपाल राष्टबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरे । 

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये न्यूूरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदासेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकको विश्वास छ ।